Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

माओवादीले वहिष्कार गर्यो सर्वदलीय बैठक

माओवादीले वहिष्कार गर्यो सर्वदलीय बैठक

  • 735
    SHARES
  • माओवादीले वहिष्कार गर्यो सर्वदलीय बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा जारी छ ।

    बैठकमा संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे प्रतिनिधिसभामा सदस्य रहेका दलहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् ।

    उक्त बैठकमा नेकपा (माओवादी केन्द्र) ले सहभागिता जनाएको छैन । बैठकमा नेकपा एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी छन् ।

    त्यस्तै कांग्रेसबाट सभापति शेरवहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, प्रमुख सचतेक बालकृष्ण खाँण लगायतका नेता सहभागी छन् ।

    जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,लक्ष्मणलाल कर्ण,सर्वेन्द्रनाथ शुक्ल लगायतका नेता बैठकमा सहभागी छन् । जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बोलाइएको छैन ।

    सर्वदलीय राप्रपा,मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेता पनि सहभागी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij