Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • 384
    SHARES
  • ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी । बैतडीमा शनिबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्रयाक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका-५ का ३२ वर्षीय अर्जुन थारू रहेका छन् ।

    बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्रयाक्टर शनिबार राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका-१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    उनका अनुसार ट्रयाक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij