Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पोखरीमा डुबेर महिलाको मृत्यु

पोखरीमा डुबेर महिलाको मृत्यु

  • 412
    SHARES
  • पोखरीमा डुबेर महिलाको मृत्यु

    बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।

    भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij