Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

३५ लाख लागतमा सार्वजनिक शौचालय निर्माण

३५ लाख लागतमा सार्वजनिक शौचालय निर्माण

  • 558
    SHARES
  • ३५ लाख लागतमा सार्वजनिक शौचालय निर्माण

    तनहुँ । म्याग्दे गाउँपालिका-६ रिठ्ठेपानीमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले ३५ लाख लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । खुला दिसामुक्त बनेको जिल्लामा जताततै दुर्गन्ध र फोहोर गर्न थालेपछि शौचालयको आवश्यकता महसुस गरी शौचालय निर्माण गरिएको हो ।

    पृथ्वीराजमार्गका क्षेत्रमा शौचालय नहुँदा जथाभावी फोहोर हुन थालेपछि शौचालय निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

    उनले भने, ‘वडालाई न्यूनतम मासिक भाडा बुझाउने गरी ठेक्कामा दिने योजना बनाएका छौं । शौचालयमा रेखदेख र सरसफाइका लागि एक/दुईजना जनशक्ति आवश्यक पर्ने हुँदा दिसापिसाब गरेको न्यूनतम शुल्क तोकिने सोच बनाएका छौं ।’

    शौचालयको निर्माण पूरा भइसकेपनि प्रयोगमा ल्याई नसकिएको वडा कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij