Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

दैलेख एमाले अधिवेशनको मत परिणाम आजै आउने

दैलेख एमाले अधिवेशनको मत परिणाम आजै आउने

  • 481
    SHARES
  • दैलेख एमाले अधिवेशनको मत परिणाम आजै आउने

    काठमाडौं । नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।

    बुधबार विहान ८ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मतपरिणाम आजै आउने छ ।’

    अधिकांश स्थानीय  तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । लेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या सात सय २१ रहेको छ । अघिल्लो पटकको मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा सात सय ४८ मत भेटिदा मतगणना रद्द गरिएको थियो ।

    नेकपा एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नम्वर २ बाट सूर्यबहादुर शाही रहेका छन् भने क्षेत्र नम्वर १ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेको अध्यक्ष शाहले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij