Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

तीन जिल्ला जोड्न त्रिकोणात्मक पुल निर्माण गरिदै

तीन जिल्ला जोड्न त्रिकोणात्मक पुल निर्माण गरिदै

  • 472
    SHARES
  • तीन जिल्ला जोड्न त्रिकोणात्मक पुल निर्माण गरिदै

    तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ । देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औं पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो ।

    देवघाटमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । तनहुँ, चितवन र नवलपुर जोड्ने गरी पुल निर्माण हुनेछ ।

    देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए ।

    त्रिकोणात्मक आकर्षक ढंगबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई हेर्नका लागि यहाँ पर्यटक आउने क्षेत्र विकास समितिले विश्वास लिएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले पुल विकल्पका रूपमा लिइएको छ ।

    देवघाट क्षेत्र विकास समितिका निर्देशक घिमिरेले नवलपरासीतर्फ पुल तरेपछि मौलाकालिकासम्म जानका लागि मौलाकालिका-बेनी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको जानकारी दिए ।

    बेनीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३.५ किलोमिटर पैदलयात्रा उकालो उक्लनुपर्ने हुन्छ । सो क्षेत्रमा ८० प्रतिशत काम भइसकेको छ भने बाँकी निर्माणको क्रममा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij