Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण गरिने

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण गरिने

  • 432
    SHARES
  • कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण  गरिने

    जाजरकोट । कर्णाली प्रदेशका आठ जिल्लामा जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका-७ मा ४०, बारेकोट गाउँपालिका-४, ५ मा ६० घर निर्माण गरिन लागेको हो ।

    यस्तै कालिकोट नरहरिनाथ-४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका-७ मा १०० घर निर्माण हुने भएका छन् । मुगुमा खत्याड गाउँपालिका-२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड-८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।

    हुम्लाको चङ्खेली गाउँपालिका-६ मा रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका १, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण जारी रहेको छ । ८ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भई घर निर्माणको चरणमा गएको हो ।

    अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको जनाउँदै दोस्रो पटक संशोधन भएपछि घर निर्माणको बाटो खुलेको हो । एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो ।

    अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij