वेबटिभी खबर
काठमाडौं । कांग्रेसको रौतहट जिल्ला सभापतिमा सुनिलकुमार यादव विजयी भएका छन् । संस्थापन पक्षका यादवले १ हजार ३ सय ६२ मत प्राप्त गरेर विजय भएका हुन । उनका निकटतम प्रतिद्वोन्द्वी संस्थापनइतर समूहका सभापति उम्मेदवार हृद्यनारायण यादवले १ हजार ६४ मत पाएका छन् ।
सचिव बाहेक सबै पदमा देउवा पक्षकै उम्मेदवारहरु विजयी भएको निर्वाचन अधिकृत दीपकराज रेग्मीले बताए । रेग्मीका अनुसार दुई उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिह र रामलोचन प्रसाद कलवार विजय भएका छन् । उनीहरुले क्रमशः १ हजार २ सय ८७ मत र १ हजार ३ सय ८३ मत प्राप्त गरी विजय हासिल गरेको हुन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij