Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

घलेगाउँमा २ लाख बढी पर्यटक भित्रिए

घलेगाउँमा २ लाख बढी पर्यटक भित्रिए

  • 477
    SHARES
  • घलेगाउँमा २ लाख बढी पर्यटक भित्रिए

    काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।

    घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ । पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब घलेगाउँलाई सुखी गाउँको रुपमा घोषणा गरिने बताए ।

    २०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियो । स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा २ लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन् ।

    आर्थिक वर्ष ०५७/५८ मा घरबास ९होमस्टे० सुरु भएपछि हालसम्मको २१ वर्षमा २ लाख १० हजार ४०५ पर्यटक भित्रिएका छन । उक्त अवधिमा आन्तरिक मात्र दुई लाख पाँच हजार ४०६ पर्यटक भित्रिए । पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन परानै लयमा फर्किएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij