काठमाडौं । पछिल्लो २४ घण्टामा ३६ सय ८१ जनाको नमुना परीक्षण गर्दा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ९० जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १५२९ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ४३ जनाको आइसियूमा र ११ जनाको भेन्टिलेरमा उपचार भइरको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij