Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

धादिङ अस्पतालमा एपेन्डिसाइटिस सेवा 

धादिङ अस्पतालमा एपेन्डिसाइटिस सेवा 

  • 494
    SHARES
  • धादिङ अस्पतालमा एपेन्डिसाइटिस सेवा 

    धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरुभएको छ । अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन गरेपछि यो सेवा सुरु गरिएको हो ।

    धादिङमा ज्याला मजदूरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल शल्यक्रिया गरिएको धादिङ अस्पतालका सूचना अधिकारी बिक्रम बिकले बताए । पेट दुखेर अस्पताल आएका बिरामीको एपेन्डीसाइटिस डाइग्नोसिस भई ओपन एपेन्डेक्टोमीको शल्यक्रिया गरिएको थियो ।

    एपेन्डिसाइटिसको मेडिकल सर्जन डा.शंकरराज लामिछाने, डा.रामचन्द्र रिजाल, स्टाफ नर्स रुवि श्रेष्ठ, अनमी सुरुची लामा र सहयोगी सञ्जु रिजालको टिमले सफल शल्यक्रिया गरेको डा.लामिछानेले बताए ।

    शल्यक्रिया पछि बिरामीको अवस्था सामान्य रहेकाले घर पठाइएको छ । धादिङ अस्पतालमा एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिल, जटिल प्रसूति शल्यक्रिया सेवा सञ्चालन हुँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij