Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सरुवा रोग अनुसन्धान केन्द्रको भवन शिलान्यास

सरुवा रोग अनुसन्धान केन्द्रको भवन शिलान्यास

  • 592
    SHARES
  • सरुवा रोग अनुसन्धान केन्द्रको भवन शिलान्यास

    कैलाली । कैलालीको टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रको भवन निर्माण गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेशले उपलब्ध गराएको बजेटमा निर्माण हुन लागेको उक्त केन्द्र टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले शुक्रबार शिलान्यास गरेका हुन् ।

    उनले पछिल्लो समय विभिन्न खालका सरुवा रोगको संक्रमण बढ्दै गएको अवस्थामा यस केन्द्रले पुर्याउने सेवा महत्वपूर्ण हुने बताए । स्वास्थ्यका क्षेत्रमा टीकापुर धेरै अगाडि बढेको र त्यसमा पनि प्रदेश सरकारको लगानीमा निर्माण हुने यो केन्द्रले थुप्रै सम्भावनालाई बोकेकाले यस्ता कार्यमा नगरपालिकाको साथ र सहयोग रहने नगरप्रमुख रावलले बताए ।

    ४ करोडको लागतमा सुरु गरिएको यस केन्द्रलाई बहुवर्षीय आयोजनाको रुपमा लिइएको टीकापुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष दीपक रावलले बताए । उनले यस केन्द्रका लागि १६ करोड बजेट आवश्यक पर्ने बताउँदै यसबाट टीकापुर अस्पतालको क्षमता वृद्धिमा समेत टेवा पुग्ने बताए ।

    प्रदेश सरकारले गत आर्थिक वर्षमा उक्त केन्द्रका लागि २ करोड बजेट विनियोजन गरेकोमा कोरोना संक्रमणका कारण काम अगाडि बढ्न नसकेकाले त्यसलाई क्रमगतमा राखेर चालु आर्थिक वर्षमा पुनः २ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij