Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाग्मतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा

बाग्मतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा

  • 740
    SHARES
  • बाग्मतीका ६ हजार बालबालिका जोखिमपूर्ण काममा

    काठमाडौं । बाग्मती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ ।

    स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्यांकमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये २ लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ ।

    उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका  बाग्मती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् । अध्ययन प्रतिवेदनका अनुसार बाग्मतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि १४ वर्षका  १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशतले विभिन्न कारणले श्रम गरिरहेको उल्लेख छ ।

    यस्तै ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले तोकेको कानून विपरीत बालश्रम गरिरहेका बालबालिकाले  ठूलो  जोखिम र भारी उठाउनु परेको, कामको पूरा पारश्रमिक नपाएको, राति–राति काम गर्नुपर्ने र अभद्र व्यवहार खेप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    स्वतन्त्र अभियानद्वारा आज आयोजित प्रदेशमा बालश्रमको अवस्था र प्रदेशस्तरीय छलफलका सहभागीले गरिबी, आर्थिक अभाव, अशिक्षा र चेतनाको अभावले बालश्रम बढेको बताए । कार्यक्रममा बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल कँडेलले बालश्रम अन्त्य गर्न चुनौती रहेको बताए ।

    बालश्रम अन्त्यसम्बन्धी ऐन कानूनको कार्यान्वयन र पालना भएमा मात्र बालश्रम हट्ने उनको भनाइ छ ।

    राष्ट्रिय बाल अधिकार संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम न्यूनीकरणका लागि  समन्वय र नीतिनियम कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय निकायले यसमा विशेष जोड दिनुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij