वेबटिभी खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीको सरुवा तथा पदस्थापना लागि प्रचलित कानुन अनुसार गर्न गराउन सम्बन्धित तहलाई परिपत्र गर्ने भएको छ ।
गत सोमबार शिक्षक महासंघसँग सहमति गर्दै मन्त्रालयले सो परिपत्र गर्ने बताएको हो ।
शिक्षक महासंघले स्थानीय तहले पूर्वाग्राही ढंगबाट गरेको शिक्षक तथा कर्मचारी सरुवा तथा पदस्थापना बदर गर्न मन्त्रालयसँग माग गरेको थियो ।
हाल शिक्षा ऐन तथा नियमावली तथा स्थानीय सरकार सञ्चालन ऐन अनुसार सरुवा तथा पदस्थापनाका लागि सहजीकरण गरिएको छ ।
हेर्नुहाेस् सहमति
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij