Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इसीडीसहित डेढसय बढी शिक्षक सम्मानित

इसीडीसहित डेढसय बढी शिक्षक सम्मानित

  • 3.2K
    SHARES
  • इसीडीसहित डेढसय बढी शिक्षक सम्मानित

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकाले ७२औं प्रजातन्त्र दिवसका अवसर पारेर बहालवाला र सेवानिवृत्त गरी ढेडसय बढी शिक्षकलाई सम्मान गरेको छ । नगरपालिकाले गैडहवामा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयका सेवानिवृत्त तथा कार्यरत शिक्षक गरी डेढसय जनालाई सम्मान गरेको हो ।

    सेवा निवृत्त १४, सामुदायिक विद्यालयका प्रधानाध्यापक, बालविकास केन्द्रका महिला सजकर्तालाई सम्मान गरिएको हो । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री एवं पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सरकारकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल, नगरपालिकाका मेयर अब्दुल कलामले कदर पत्र र दोसल्ला ओढाएर शिक्षकलाई सम्मान गरेका थिए ।

    कार्यक्रममा आचार्यले शिक्षकलाई प्रोत्साहनका लागि यस्तो कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए । ‘आजको पहिलो आवश्यकता गुणस्तरीय शिक्षा भएकाले सामुदायिक विद्यालयका शिक्षकले निजीसँग प्रतिस्पर्धा गर्नेगरी मेहनत गर्नुपर्छ,’ उनले भने, ‘शिक्षकलाई यस्तो सम्मान गरिनु प्रशंसनीय र नमूनायोग्य हो ।’

    सो अवसरमा प्रदशकी राज्यमन्त्री नेपालले महाराजगंज नगरपालिकाले शिक्षकलाई सम्मानित गरेर निकै राम्रो काम गरेको बताइन् । समाज परिवर्तनका बाहक शिक्षकलाई सम्मान गर्नु समाजको दायित्व भएको उल्लेख गर्दै शिक्षककै कारण समाज निरन्तर अगाडि बढीरहेको स्पष्ट पारिन् । उनले सामुािदयक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनु पर्ने आवश्यकता औंल्याउँदै उनले त्यसका लागि सबैले आवश्यक मेहनत गर्नुपर्ने बताइन् । 

    teachers.jpg

    नगरपालिकाका मेयर अब्दुल कलामले समाज परिवर्तन र विद्यार्थीको भविष्य बनाउने शिक्षक वर्गको हौसला बढाउने सबैको दायित्व भएकाले आफूले विगतका वर्षदेखि नै यस्तो कार्यक्रम गर्दै आएको बताए । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउन नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

    कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष देवकला सुवेदीले सामुदायिक शिक्षकलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक तर्फ उन्मुख भएको बेला नगरपालिकाले शिक्षकलाई सम्मानित गरेर हौसला थपेको बताइन् ।

    schot.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij