काठमाडौं । पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार १ सय २५ जनाको पिसिआर र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
यस अवधिमा एक सय ४१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल कोरोना संक्रिय संक्रमितको संख्या दुई हजार ९ सय ६१ रहेको छ । कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
यसैगरी हालसम्म देशभर तीन हजार ३९ जनाको कोरोना कारणले मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij