Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

खानेपानी परियोजना हस्तान्तरण

खानेपानी परियोजना हस्तान्तरण

  • 700
    SHARES
  • खानेपानी परियोजना हस्तान्तरण

    मोरङ । मोरङको रतुवामाई नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब ६ लाख लागतमा उक्त परियोजना सम्पन्न भएको हो ।

    विद्यालयका विद्यार्थीलाई खानेपानी पिउन परियोजनाले धेरै मद्दत गर्ने परियोजनाका निर्देशक इलियास हसन चौधरीले जानकारी दिए । रतुवामाई नगर प्रमुख रबिन राईले परियोजनाबाट तयार भएको प्लान्टले विद्यार्थी र विद्यालयका कर्मचारीलाई खानेपानीको सुविधा पुगेको बताए ।

    उनले पछिल्लो समयमा मानिसले जारको पानी खाने प्रचलन बढिरहेको अवस्थामा परियोजनाबाट तयार गरिएको प्लान्टबाट शुद्ध खानेपानी विद्यार्थीले पिउने भएपछि  खुसी व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij