Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

  • 534
    SHARES
  • ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

    यमन । यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरूले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।

    सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए । त्यस क्रममा पाँच जना सर्वसाधारणको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

    एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार सो मिसाइल शहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताएका छन् ।

    यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # यमन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij