Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो

  • फाल्गुण १०, २०७७ सोमवार १३:०९ बजे
  • 862
    SHARES
  • भारतमा कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ ।

    विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । 

    भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ३८५ जना पुगेको छ । 

    भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्द १० भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । 

    मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ९९ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५० हजार ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको छ । बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २१ करोड १५ लाख ५१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र छ लाख २० हजारभन्दा बढी व्यक्तिलाई कोभिड-१९ परीक्षण गरेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij