Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे के होला निर्णय ?

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे के होला निर्णय ?

  • 1.2K
    SHARES
  • नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे के होला निर्णय ?


    काठमाडौं । एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी) को  स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । 

    उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।

    माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

    आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij