Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने

कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने

  • 525
    SHARES
  • कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने

    काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट २ अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारीका लागि विश्व बैंकबाट प्राप्त हुने २ अर्ब १४ करोड ऋण सहायता स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले भने, ‘कोभिड-१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अर्ब १४ करोड नेपाली रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भयो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij