Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

फरार बस चालक पक्राउ

फरार बस चालक पक्राउ

  • 477
    SHARES
  • फरार बस चालक पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु गंगा हल नजिकको सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई फरार भएका बस चालकालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रदिप थपलिया रहेका छन् । दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट शुक्रबार बिहान पक्राउ गरिएको हो ।

    बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बस सहित चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ ।

    बसकाे ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका-१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो ।

    उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij