Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

  • 387
    SHARES
  • ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

    रुकुम (पूर्व) । रुकुम (पूर्व) मा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका-४ करालबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा चारजना घाइते भएका छन् ।

    मंगलबार बेलुकी करिब ६ बजे भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भूमे-८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिएका छन् ।

    रा १ च ३२४५ नम्बरकाे ट्रयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्रयाक्टर चालकसहित चारजना रहेको छन् ।

    प्रहरी निरीक्षक बानियाँकाअनुसार अर्का भूमे-८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ । बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताए ।

    ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ । ट्रयाक्टर सडकदेखि करिब ३०० मिटर तल खसेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij