Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काेराेना ग्राफः पछिल्लाे २४ घण्टामा २८८ जना संक्रमित थपिदा १२७ जना निको

काेराेना ग्राफः पछिल्लाे २४ घण्टामा २८८ जना संक्रमित थपिदा १२७ जना निको

  • चैत्र २७, २०७७ शुक्रवार १७:१४ बजे
  • 1.1K
    SHARES
  • काेराेना ग्राफः  पछिल्लाे २४ घण्टामा २८८ जना संक्रमित थपिदा १२७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार ७१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो । 

    यस अवधिमा एक सय २७ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म  कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६ सय १५ रहेकाे छ ।

    नेपालमा दुई लाख ७९ हजार ३ सय ८८ जनामा कोरोना भाइरस पुष्टि हुँदा दुई लाख ७३ हजार ७ सय ३५ जना कोरोनामुक्त भएका छन् । 

    कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ३८ जनाको कोरोना कारणले मृत्यु भएको छ ।
      

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij