Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मानव बेचविखन मुद्दाका फरार प्रतिवादी पक्राउ 

मानव बेचविखन मुद्दाका फरार प्रतिवादी पक्राउ 

  • चैत्र २७, २०७७ शुक्रवार १६:४१ बजे
  • 1.4K
    SHARES
  • मानव बेचविखन मुद्दाका फरार प्रतिवादी पक्राउ 

    काठमाडौं । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी) ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको हो । मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा उच्च अदालत पाटनको फैसलाले १० वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेको थियाे ।

    खाडी मुलुक ओमानमा घरेलु कामदारको रोजगारी दिलाउने प्रलोभनमा २०७३ मा पीडितलाई ओमानको सीमावर्ती क्षेत्रमा बन्धक बनाएर शारीरिक मानसिक र आर्थिक शोषण गरेको आरोपमा उक्त सजाय फैसला भएको थियो । 

    पक्राउपछि उनलाई  डिल्लीबजार कारागार पठाईएको ब्युरोले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मानव बेचबिखन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij