वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ८३६ जना कोरोनाका नयाँ विरामी थपिएका छन् । जसमध्ये सबै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ देखि ३० वर्ष उमेर समूहका १२६ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।
उमेर समूह अनुसार कोरोना संक्रमितको संख्या :
०–१० वर्ष – १२
११–२० वर्ष –३३
२१–३० वर्ष – १२६
३१–४० वर्ष – १००
४१–५० वर्ष – ७२
५१–६० वर्ष –४९
६१–७० वर्ष –४९
७१–८० वर्ष –३१
८० वर्षभन्दा माथि– १९
अज्ञात– ०
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij