Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हराएका दुई बालबालिका भेटिए

हराएका दुई बालबालिका भेटिए

  • 481
    SHARES
  • हराएका दुई बालबालिका भेटिए

    काठमाडौं । हराएका दुई बालबालिकालाई प्रहरीले धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ । 
     
    सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाइएको हो । 

    दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

    दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जानकी मन्दिरबाट हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो ।

    साना बच्चा हराउने क्रम बढ्दै भन्दै प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ । बिहीबार मात्रै प्रहरीले बच्चा चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij