Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

तीन महिनामा आयो ५५ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता

तीन महिनामा आयो ५५ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता

  • 489
    SHARES
  • तीन महिनामा आयो ५५ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता

    काठमाडौं । नेपालले पछिल्लो तीन महिनामा करिव ५५ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । 

    अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो । 

    प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रूपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रूपैयाँ ऋण सहायता रहेको छ । 

    नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रूपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । 

    पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक (एडीबी)ले ७ अर्ब १७ करोड रूपैयाँ, कोरियाले १ अर्ब ४ करोड ६ लाख रूपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ)ले ४६ अर्ब ७९ करोड ३ हजार रूपैयाँ नेपाललाई उपलब्ध गर्ने सम्झौता सरकारसँग गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij