Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

  • चैत्र २६, २०७७ बिहिवार १६:०८ बजे
  • 1.2K
    SHARES
  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन 'ए' कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यस अभियानअन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको छ । 

    ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ । कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्दै गएकाले सुरक्षा सावधानी अपनाएर अभियान सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

     

    170108033_847195589342975_1472907000597372253_n (1).png 

  • सम्बन्धित विषय:

  • # भिटामिन ‘ए’

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij