एजेन्सी
काठमाडौं । बालबालिकाले खान नखाइदिएर अभिभावक दिक्क भएको धेरै सुनिन्छ । आजभोलि बालबालिकाले फास्टफुड बढी मनपराउने भएकाले घरमा बनाइएको पोषिलो खानेकुरा खान नमान्ने देखिएको छ ।
यस्ता समस्याबाट पार पाउन केही घरेलुविधि यहाँ प्रस्तुत गरिएको छ ।
अलैंची
अलैंचीले पाचन प्रणाली सुधार्ने भएकाले बालबालिकालाई भोक नलाग्ने समस्या छ भने यसले समाधान गर्छ । ठूलो अलैंची पिसेर दुधमा मिासाएर बालबालिकालाई खुवाउनु पर्छ । यसले पाचन प्रणाली मजबुत बनाउँछ र भोक बढाउन मद्दत गर्छ ।
अमला
पोषक तत्वले भरिपूर्ण एवं स्वास्थ्यका लागि अति नै लाभकारी अमलाले भोक पनि बढाउन मद्दत गर्छ । बालबालिकाको रोग प्रतिरोधि क्षमता बढाउा भने भिटामिन सीको यो निकै ठूलो स्रोत पनि हो ।
एक ग्लास पानीमा अमला हालेर उमाल्ने र त्यो पानीमा थोरै मह मिसाएर बालबालिकालाई खुवाउनु पर्छ । यसले बालबालिकाको पाचन शक्ति बढ्छ र भोक लाग्छ ।
ज्वानो
पेटको ग्यास हटाउने र पाचन क्षमता बढाउने गुण ज्वानोमा हुन्छ । बालबालिका र बयस्कलाई पनि भोक नलाग्ने समस्या छ भने ज्वानोको सेवन निकै फाइदाकारी हुन्छ । बालबालिकालाई पिसेको ज्वानोलाई मनतातो पानीसँग खुवाउनु पर्छ । यसले बालबालिकामा भोक बढाउन मद्दत गर्छ ।
सुप
खाना खाएपछि खाने चलन रहेको सुपले पाचन तन्त्र मजबुत बनाउँछ । बालबालिकालाई सुप र मिश्रीको मिश्रण पिसेर खुवाउन सकिन्छ । यसले बालबालिकाको भोक बढ्छ ।
अदुवा
अदुवाले रोग प्रतिरोधि क्षमता वृद्धि गर्नुका साथै भोक बढाउन पनि मद्दत गर्छ । सर्दिजन्य रोग लाग्न नदिने अदुवा पिसेर त्यसको रस बच्चालाई महसँग मिसाएर चाट्न दिन सकिन्छ । यसले बालबालिकाको भोक बढाउँछ । यसबाहेक दाल झान्न प्रयोग गरिने हिङ र लसुन पनि बालबालिकको खानामा मिसाएर दिँदा यसले निकै फाइदा गर्छ ।
यी उपाय पनि प्रयाेग गराैं
बालबालिकालाई खानका लागि प्रेरित गर्न अन्य कुरामा पनि ध्यान दिनुपर्छ । जस्तै बालबालिकालाई स्वाद फरक पारेर हरेक प्रकारका खाना दिनुपर्छ । एकै किसिमको खाना दिँदा त्यो खान मान्दैनन् ।
त्यसैगरी घरमा सबैले खाना खाने बेलामा बालबालिकालाई पनि खान दिँदा बढी खान्छन् ।
बालबालिकाले खाने तरकारी पनि विभिन्न किसिमका हुनुपर्छ । जसले गर्दा तरकारीबाट उनीहरुलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ ।
एजेन्सीहरुको सहयोगमा तयार पारिएकाे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij