वेबटिभी खबर
काठमाडौं । आज काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) को बैठक बस्ने भएको छ। आइतबार ५ बजे बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
बैठकमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका सिडिओहरू सहभागी भई आदेश जारी गर्ने उनले बताए। उपत्यकामा निजी सवारीसाधनमा लागु जोरबिजोर प्रणाली, शैक्षिक संस्थाहरू लगायतका विषयमा छलफल हुने रिजालले बताए।
यसअघि,सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ भने फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिन पनि सिफारिस गरेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij