Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अफगानिस्तानबाट ४ महिनामा १० लाख बढी बाहिरिए

अफगानिस्तानबाट ४ महिनामा १० लाख बढी बाहिरिए

  • 587
    SHARES
  • अफगानिस्तानबाट ४ महिनामा १० लाख बढी बाहिरिए

    काबुल । पछिल्लो चार महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

    टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।

    ‘समस्याहरू सबैलाई स्पष्ट छन् । त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन,’  उनले भने । ‘म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरीलाई राम्रो वातावरणमा आफ्नो पढाइ जारी राख्न चाहन्छु,’ उनले थपे ।

    उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन् ।

    हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू नै छन् । ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

    एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, ‘हामी यहाँ (काबुल) बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं ।’ 

    न्युयोर्क टाइम्सले  सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै  चिन्ता बढाएको छ । त्यतिबेला १० लाख भन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले युरोपमा शरण खोजेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij