काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना संक्रमण पत्ता लगाउन ‘जिन एक्सपोर्ट’ बाट सेवा सुचारू गरेको छ ।
प्रयोगशालाले सूचना जारी गर्दै ‘जिन एक्सपोर्ट’ बाट सेवा सुचारू भएको जानकारी गराएको छ ।
उक्त सेवा प्रयोगशालामा बिहान ९ देखि बेलुका ७ बजेसम्म उपलब्ध हुनेछ । परीक्षण रिर्पोट तीन घण्टामा उपलब्ध हुने प्रयोगशालाले जनाएको छ । यससँगै परीक्षण शुल्क एक हजार तोकिएको छ ।
सेवाको लागि चिकित्सक अथवा अस्पतालको सिफारिस अनिवार्य चाहिने छ ।
पिसिआर परीक्षणमा बिरामीले रिर्पोट लिन धेरै समय कुर्नुपर्ने झन्झटलाई यो विधिले केही हदसम्म न्युन गर्ने प्रयोगशालाले जनाएको छ ।
‘जिन एक्सपोर्ट’ मेसिनबाट क्षयरोगीको पहिचान गर्न प्रयोग गरिँदै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij