Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पीएसजी मोनाकोसँग पराजित

पीएसजी मोनाकोसँग पराजित

  • फाल्गुण १०, २०७७ सोमवार ०७:५६ बजे
  • 718
    SHARES
  • पीएसजी मोनाकोसँग पराजित

    काठमाडौं ।  फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ ।

    आइतबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो ।

    मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

    जितसँगै मोनाको २६ खेलमा ५२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ५४ अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij