वेबटिभी खबर
जलेश्वर । बिहिबार राति हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका-३ स्थित सडकमा पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सम्सी गाउँपालिका-४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन् ।
गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नंको पिकअपले सोनमा-३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेका वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
पिकअपले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij