Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दुई जनामा कोभिड देखिएपछि टोंगामा लकडाउन

दुई जनामा कोभिड देखिएपछि टोंगामा लकडाउन

  • 612
    SHARES
  • दुई जनामा कोभिड देखिएपछि टोंगामा लकडाउन

    एजेन्सी । दुई जनामा काेराेना भाइरस संक्रमण देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा बन्द गरेको हो ।

    गत वर्ष १ जनामा संक्रमण देखिएको थियो त्यसपछि टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन् । प्रधानमन्त्री सियाओसी सोभालेनीले दुई जनामा संक्रमण देखिएको बताए । संक्रमित दुबै जना बन्दरगाहमा काम गरिरहेका थिए, जहाँ टोंगालाई विभिन्न देशले मानवीय सहयोग गरिरहेका छन् । 

    कुनै पनि डुंगालाई एउटा टापुबाट अर्को टापुमा जान रोक लगाइएको र घरेलु उडान नहुने जानकारी दिँदै प्रधानमन्त्रीले ‘राष्ट्रिय लकडाउन’ घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्येमहरुले जनाएका छन् ।हरेक दुई दिनमा अवस्थाको समिक्षा गरिने प्रधानमन्त्रीले बताए ।

    गत महिना गएको शक्शिाली ज्वालामुखीपछिको सुनामीले प्रभावित टोंगालाई चीन, फ्रान्स, अमेरिका, न्युजिल्यान्ड, फिजी बेलायतले सहयोग गरेका छन् । पिउने पानीसहित अत्यावश्यक मेडिकल सामाग्री बोकेका पानी जहाज बन्दरगाह सहर पुगेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij