वेबटिभी खबर
साना । यमनका हुथी विद्रोहीहरूले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ ।
हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरूले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरूले सो हमलाको जिम्मेवारी लिएका हुन् ।
आइतबार मध्यराति सो टिभीमार्फत् हुथी विद्रोहीका एकजना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरू जिम्मेवार रहेको बताएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij