वेबटिभी खबर
काठमाडौं । लामो समयसम्म रोकिएको साधारण शेयर (आईपीओ ) निष्काशन प्रक्रिया पुन: सुरु भएको छ ।
लामो समय रोकिएको आईपीओ बोर्डको सञ्चालक समितिले निणर्य गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमित दिन लागेको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रिक्त हुँदा लामो समयदेखि आईपीओ निष्काशन प्रक्रिया रोकिएको थियो ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका अध्यक्ष भिष्मराज ढुंगानालाई पद मुक्त गरेपछि बोर्डले सर्वसाधारणका लागि आईपीओ रोकेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij