काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३२५ जनाको नमुना परीक्षण गर्दा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४९ जना छन् ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ३६ जना, ललितपुरमा ११ जना र भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
त्यसैगरी यो अवधिमा १२१ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४८४ मात्र छ ।
संक्रमितमध्ये ५२ जनाको आइसियू र १० जनाको भेन्टिलेरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij