वेबटिभी खबर
काठमाडौं । मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् ।
साघुँरो थुनुवाघरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ । अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका प्रहरीले जनाएकाे छ । काराेना संक्रमण बढीरहेकाे अवस्थामा हिरासतमा थुनुवा भरिभराउ हुँदा संक्रमणकाे जाेखिम बढेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij