Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोनाका २८९ संक्रमित आईसीयू र भेन्टिलेटरमा 

कोरोनाका २८९ संक्रमित आईसीयू र भेन्टिलेटरमा 

  • 468
    SHARES
  • कोरोनाका २८९ संक्रमित आईसीयू र भेन्टिलेटरमा 

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज २८९ जना कोरोना संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

    आज देशभर २४५ जना कोरोना संक्रमितको आईसीयूमा र ४४ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांक अनुसार प्रदेश १ मा २६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् । 

    यसैगरी मधेश प्रदेशमा ११ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १६२ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा १९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा २१ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    त्यस्तै कर्णाली प्रदेशमा ४ जना आइसीयूमा उपचारत छन् भने सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij