Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

निर्वाचन कार्यालय कञ्चनपुरको सेवा स्थगित

निर्वाचन कार्यालय कञ्चनपुरको सेवा स्थगित

  • 708
    SHARES
  • निर्वाचन कार्यालय कञ्चनपुरको सेवा स्थगित

    कञ्चनपुर । कोरोना संक्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ ।

    कार्यालयले सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड-१९ पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको हो ।

    अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामबाहेक मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जारी सूचनामा जनाइएको छ ।

    यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली संकलन र अद्यावधिक कामका लागि टोकन प्रणालीमार्फत कार्य गर्दै आएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij