Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना अपडेट: भारतमा लगातार चौथौ दिन पनि घट्यो सक्रिय संक्रमित 

कोरोना अपडेट: भारतमा लगातार चौथौ दिन पनि घट्यो सक्रिय संक्रमित 

  • 820
    SHARES
  • कोरोना अपडेट: भारतमा लगातार चौथौ दिन पनि घट्यो सक्रिय संक्रमित 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको नयाँ संक्रमित थपिने दर केही दिन देखि ओरालो लागेको छ ।

    सोमबार रातिसम्म गरिएको परीक्षण नतिजाअनुसार पछिल्लो २४ घण्टामा २ लाख ५२ हजार ७७४ नयाँ संक्रमित थपिएको भारतीय संचारमाध्यमले जनाएका छन् । अघिल्लो दिनको तुलनामा भारतमा सक्रिय संक्रमितको संख्यामा ५३ हजार घटेको हो । लगातार चौथौ दिन पनि भारतमा सक्रिय संक्रमितको संख्यामा कमी आएको हो । 

    पछिल्लो २४ घण्टामा ६०७ जनाको कोरोना संक्रमणको कारण ज्यान गुमाएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपी, यस अवधिमा २ लाख ६६ हजारले कोरोनालाई परास्त गर्न सफल भएका छन् ।

    हाल भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख २८ हजार रहेका छन् । 

    भारतको कर्नाटक, केरला, महाराष्ट्र, तमिलनाडु र गुजरात राज्यमा बढी संक्रमित पाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij