Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

  • 507
    SHARES
  • ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

    फुङ्लिङ । ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो ।

    गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताए । अहिले प्लान्टबाट दैनिक ३ देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म अक्सिजन उत्पादन हुँदै आएको छ ।

    जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै ८ गाउँपालिकामा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ । ५ देखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि ५ सय, १५ देखि ३५ लिटर सम्मलाई १ हजार र त्यस्तै ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि १ हजार ५०० रुपैँया मूल्य निधारण गरिएको चौधरीले जानकारी दिए । 

    संघीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो । अहिले उक्त प्लान्टबाट उत्पादित अक्सिजन बिक्री गर्न थालिएको छ ।

    अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा  राखिएको जिल्ला अस्पतालले जनाएको छ । स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij