Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप

त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप

  • चैत्र २३, २०७७ सोमवार १५:०५ बजे
  • 924
    SHARES
  • त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप

    काठमाडौं  । घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरू र प्रहरीबीच झडप भएको हो । 

    प्रर्दशनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो । नेपाल आयल निमगले आइतबार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो । 

    निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # झडप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij