वेबटिभी खबर
काठमाडौं । डिजिटल माध्यमबाटै घरायसी भुक्तानी तथा अन्य दैनिक जीवनका लागि आवश्यक सेवाहरू उपलब्ध गराउने योजनासहित सेवा दिँदै आइरहेको माइ पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवासमेत सुचारू गरेको छ ।
यस सुविधाअन्तर्गत नेपालभित्र कुनै पनि गन्तव्यका लागि माइ पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजारसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
वालेटका अनुसार यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याकभन्दा धेरै रहेको दाबी गरेको छ ।
हाल यस माइ पे वालेटमार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार सम्मको टिकट बुकिङमा ७ प्रतिशत र रू ३ हजारभन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ ।
साथमा हरेक दिन माइ पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याकसमेत प्राप्त गर्न सकिन्छ । यो योजना सीमित अवधिका लागि रहेको माइ पे ले जानकारी दिएको छ ।
उक्त क्यासब्याक प्राप्त गर्न ग्राहकहरूले माइ पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्नेछन् । यसका साथै वालेटमार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम रू १०० सम्म क्यासब्याक समेत प्राप्त गर्न सकिन्छ ।
डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेटमार्फत ग्राहकहरूले हवाई टिकट बुकिङ सँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याक, केबल कारको टिकट बुकिङ र बस टिकट बुकिङका सुविधाहरू समेत दिँदै आएको छ ।
यसका साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रूपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ । ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरू थप गर्दै लगिने कम्पनीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij