Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब र दरबन्दी कायम गरी स्थायित्वको माग गर्दै सरकारलाई ज्ञापनपत्र

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब र दरबन्दी कायम गरी स्थायित्वको माग गर्दै सरकारलाई ज्ञापनपत्र

  • 6.7K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब र दरबन्दी कायम गरी स्थायित्वको माग गर्दै सरकारलाई ज्ञापनपत्र

    काठमाडौं । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रदेश नम्बर १ समितिले प्रदेशभित्रका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) काे तलबलगायत समस्या समाधान र विद्यालयमा दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्न माग गर्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ ।

    संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले साेमबार ज्ञापनपत्र बुझाएको हो । साथै उमेरको हद नाघेका राहत शिक्षकलाई शिक्षा सेवा आयोगको परीक्षामा सहभागी गराउनुपर्ने पनि माग समितिकाे छ ।

    ज्ञापनपत्रमा प्रदेशभित्रको शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चितता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न माग गरिएको छ ।

    ज्ञापनपत्रमा शिक्षा सेवा मर्यादित बनाउन कर्मचारीभन्दा शिक्षकको तलब १० प्रतिशत बढी हुनुपर्ने, प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चनुपर्ने लगायतका माग उल्लेख छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij