Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

च्यासल क्लबका १९ खेलाडीलाई कोरोना पुष्टि भएपछि पुलिसविरुद्धको खेल स्थगित 

च्यासल क्लबका १९ खेलाडीलाई कोरोना पुष्टि भएपछि पुलिसविरुद्धको खेल स्थगित 

  • 651
    SHARES
  • च्यासल  क्लबका १९ खेलाडीलाई कोरोना पुष्टि भएपछि पुलिसविरुद्धको खेल स्थगित 

    काठमाडौं । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय गरिएको खेल स्थगित भएको छ ।

    यसअघि प्रि-म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।

    पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं  स्थानमा छ  । ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij