Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बालबालिकालाई आजबाट दाेस्रो डाेज खोप लगाइँदै

बालबालिकालाई आजबाट दाेस्रो डाेज खोप लगाइँदै

  • 518
    SHARES
  • बालबालिकालाई आजबाट दाेस्रो डाेज खोप लगाइँदै

    काठटमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबारबाट १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई कोभिड-१९विरूद्धको दोस्रो डोज खोप उपलब्ध गराउन थालेको छ । गत पुस ४ गते कोरोनाविरूद्धको मोर्डना खोप लगाएका ५७ जिल्लाका बालबालिकालाई आजबाट दोस्रो डोज खोप लगाउन थालिएको मन्त्रालयले जनाएको छ । 

    पहिलो चरणको खोप अभियानअन्तर्गत १२ वर्षमाथि र १८ वर्षमुनिका करिब २२ लाख बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयसँग प्राप्त खोपका आधारमा पूर्ण खोप पुग्ने गरी पहिलो चरणमा २२ लाख बालबालिकालाई खोप लगाइने मन्त्रालयले जनाएका हो । 

    अहिले ५७ जिल्लाका १८ लाख बालबालिकालाई मोर्डना र काठमाडौं उपत्यकाका तीन जिल्लाका करिब ३ लाख बालबालिकालाई फाइजर खोप लगाउने काम भइरहेको स्वास्थ्य मन्त्रालले जनाएको छ ।

    खोप लगाउने लक्षित बालबालिकाको संख्या करिब ३५ लाख रहेपनि खोप अभावका कारण पहिलो चरणमा २२ लाख बालबालिकालाई मात्र पूर्ण मात्रा खोप दिइने मन्त्रालयको योजना रहेको छ । 

    अहिले मन्त्रालयसँग करिब ३६ लाख मोर्डना र करिब ६ लाख ६४ हजार फाइजर खोप रहेको छ । माघ दोस्रो सातासम्ममा अरू खोप उपलब्ध हुने भएकाले त्यसपछि बाँकी बालबालिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij