वेबटिभी खबर
काठमाडौं । महाराजगंञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारीसहित ६० जनालाई कोरोना पुष्टि भएको हो ।
उनकाअनुसार संक्रमित सबै स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा रहेका छन् र ती मध्ये एक जनालाई वार्डमा भर्ना गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij